Skip to content

गार्डियन माइक्रो लाइफको सेयर मूल्यमा आज पनि सकारात्मक सर्किट

nabil bank

काठमाडौं । सोमबारको सेयर कारोबार खुल्न वित्तिकै गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार खुलेको पहिलो मिनेटमा नै यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य ११४ रुपैयाँ २० पैसाले बढेर १ हजार २५६ रुपैयाँ ६० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढी हो । यो कम्पनीको सेयर मूल्य कारोबार खुलेदेखिनै लगातार रुपमा सर्किट लागेर कारोबार भइरहेको छ ।आजको कारोबार जारी रहँदा समग्र सेयर बजार परिसूचक ३४ दशमलव ७८ अंकले बढेर २९२५ दशमलव ०७ विन्दुमा पुगेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi