काठमाडौं । सोमबारको सेयर कारोबार खुल्न वित्तिकै समाज लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार खुलेको पहिलो १० मिनेटमा नै यो कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।
यो कम्पनीको सेयर मूल्य ३१८ रुपैयाँ ५० पैसाले घटेर २ हजार ८६६ रुपैयाँ ६० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो । यो अवस्थामा समग्र सेयर बजार परिसूचक भने २१ दशमलव ८१ अंकले बढेर २९१२ दशमलव १० विन्दुमा पुगेको छ । ययो अवस्थामा सेयर बजारमा ८५ करोड बढीको कारोबार भएको छ ।












प्रतिक्रिया दिनुहोस्