Skip to content

छिमेक लघुवित्तको ९० हजार कित्ता सेयर बिक्रीमा

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले ९० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले हाल यी सेयर कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्र किन्न पाउने गरी सेयर बिक्रीमा राखेको हो।

इच्छुक संस्थापक सेयरधनीहरूले आगामी ३५ दिनभित्र आफूले किन्न चाहेको सेयर कित्ताको विवरण खुलाएर काठमाडौंको मध्यबानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्ने छ।

साथै तोकिएको समयसीमा भित्र संस्थापक सेयरधनीहरूबाट पर्याप्त आवेदन नपरेमा उक्त सेयर सर्वसाधारणमा बिक्री खुला गरिने कम्पनीले जानकारी दिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi