काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडको अवितरित सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले फागुन ५ गतेदेखि बिक्रीमा राखेको अवितरित १७ लाख ९८ हजार ६५६ कित्ता सेयरमा आज कार्यालय समयभित्र आवेदन दिन सकिने छ ।
बिक्रीमा राखिएको कुल सेयरमध्ये संस्थापक समूहको ६ लाख ७६ हजार १९१ कित्ता, सर्वसाधारण समूहको लकइनमा रहेको ५ लाख ८ हजार ८९२ कित्ता र सर्वसाधारणकै तर लकइनमा नरहेको ६ लाख १३ हजार ५७३ कित्ता सेयर रहेको छ । लकइन अवधि आउदो चैत २९ गते सकिने कम्पनीले जनाएको छ ।
सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । सेयर किन्नका लागि आवेदन दिँदा घटीमा १०० कित्ता र बढीमा १० ले निःशेष भाग जाने गरी वा सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिन सकिने व्यवस्था रहेको छ ।












प्रतिक्रिया दिनुहोस्