काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडको करिब ९ लाख कित्ता सेयर लिलामी प्रक्रियाबाट बिक्री गर्ने भएको छ । कम्पनीले माग गरेको हकप्रद सेयरमा आबेदन नपरपछि बाँकी रहेको सेयर बोलकोबोल मार्फत बिक्रीमा राखेको हो ।
कम्पनीले ८ लाख ७३ हजार ६१.२२५ कित्ता सेयर बिक्रिको लागि बोलकबोल गरेको हो । सेयरको प्रतिकित्ता सेयर मूल्य १०० तोकिएको छ । कम्पनीको सेयर खरिद गर्न बोलकबोलको लागि बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाण्डौं, सिद्धार्थ बैंक लिमिटेडको शाखा कार्यालयहरुः विराटनगर, विर्तामोड, नारायणगढ, पोखरा, बाग्लुङ्ग, बुटवल, घोराही, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरलाई फारम पाइने र बुझाउने स्थान तोकेको छ ।












प्रतिक्रिया दिनुहोस्