Skip to content

सेयर बजार घट्दा पनि गार्डियन माइक्रो लाइफको सेयर मूल्यमा सकारात्मक सर्किट

nabil bank

काठमाडौं । सोमबार सेयर बजार परिसूचक दोहोरो अंकले घटेर कारोबार बन्द हुँदा एउटा कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेर कारोबार भएको छ । आजको करोबार बन्द हुँदा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको हो ।

आज यो कम्पनीको सेयर मूल्य ११४ रुपैयाँ २० पैसाले बढेर १ हजार २५६ रुपैयाँ ४० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढी हो । यो कम्पनीको सेयर मूल्य दोस्रो बजारमा कारोबारमा आएदेखि लगातार रुपमा सकारात्मक सर्किटका साथ कारोबार भइरहेको छ ।

त्यस्तै आज धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनीमा दिव्यश्वरी हाइड्रोपावर, सिन्धु विकास बैंक, हिमालयन रि इन्स्योरेन्स लिमिटेड र मुक्तिनाथ म्युच्युअल फण्ड १ रहेका छन् । आजको कारोबार बन्द हुँदा दिव्यश्वरी हाइड्रोको सेयर मूल्इ ३६ रुपैयाँले बढेर ४१७ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.४५ प्रतिशतले बढी हो ।

आजको कारोबार बन्द हुन्दा सिन्धु विकास बैंकको सेयर मूल्य ७.८५ प्रतिशत अर्थात् ९९ रुपैयाँ ७० पैसाले बढेर १ हजार ३७० रुपैयाँ पुगेको छ । आज हिमालयन रिको सेयर मूल्य ७३ रुपैयाँ ९० पैसाले बढेर १ हजार ९३ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ७.२५ प्रतिशतले बढी हो । मुक्तिनाथ म्युच्युअल फण्ड १ को सेयर मूल्य ६.४७ प्रतिशत अर्थात् ०.६० रुपैयाँले बढेर ९ रुपैयाँ ८७ पैसा पुगेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi