Skip to content

तुल्सीपुरको मालपोत कार्यालयमा ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर

काठमाडौं । ग्लोबल आइएमई बैंकले तुल्सीपुर उप–महानगरपालिका–६, स्थित मालपोत कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।

तुल्सीपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्काले एक समारोहकाबीच उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन गरेका हुन्। सेवाग्राहीको बढ्दो चाप र आवश्कतालाई मध्यनजर गर्दै बैंकले नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको बताएको छ।

यो काउन्टर सञ्चालनमा आएसँगै बैंकको एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरहरुको संख्या ६८ पुगेको छ। नयाँ एक्सटेन्सन काउन्टरबाट निक्षेप संकलन, नगद भुक्तानी, मोबाइल तथा अनलाइन बैंकिङ सेवा, रेमिटेन्सको सुविधा लगायत सबै किसिमका साधारण बैंकिङ सेवाहरू हुनेछन्।

बैंकको ३ सय ५४ शाखा कार्यालय, ३ सय ७९ एटिएम, २ सय ७७ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्र छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T