काठमाडौं । साताको सेयर कारोबार हुने दोस्रो दिन नेप्से परिसूचक दोहोरो अंकले घटेर कारोबार भएको छ । अघिल्लो दिन २ प्रतिशतभन्दा बढीले बढेको बजार आज १३ दशमलव ६२ अंकले घटेर बन्द भएको हो ।
आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २८७६ दशमलव ६६ विन्दुमा पुगेको छ। कारोबार खुल्नेबित्तिकै उच्च अंकले बढेको बजार अन्तिममा आएर घटेर बन्द भएको हो । साेमबारको कारोबार समयमा परिसूचक २९२९ विन्दुसम्म पुगेको थियो ।
साेमबार सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये ५१ कम्पनीको सेयर मूल्य बढेको छ भने १८७ कम्पनीको सेयर मूल्य भने घटेको छ । त्यस्तै ६ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ७१ अंकले घटेर ४८० दशमलव ५९ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ५ वटा उपसूचकको सेयर मूल्य मात्रै बढेको छ भने ८ वटाको घटेको छ ।
परिसूचक दोहोरो अंकले घटे पनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । अघिल्लो दिन १४ अर्ब २५ करोड माथिको कारोबार भएको बजारमा आज १४ अर्ब २८ करोड ४५ लाख १० हजार ५९५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सेयर बजारमा ३०० कम्पनीका ३ करोड १२ लाख ४१ हजार २५८ कित्ता सेयर १ लाख ३९ हजार ५५५ पटक खरिद बिक्री हुँदा उक्त कारोबार भएको हो । आज सेयर बजारमा एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीमा नकारात्मक सर्किट लागेर कारोबार भएको छ ।












प्रतिक्रिया दिनुहोस्