Skip to content

कुमारी बैंकका ग्राहकलाई टेस्ला डायग्नोस्टिक क्लिनिकमा १० प्रतिशत छुट

nabil bank

काठमाडौं । कुमारी बैंक र बालुवाटार, काठमाडौंस्थित टेस्ला डायग्नोस्टिक क्लिनिक प्रालिबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई सो क्लिनिकबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौताबमोजिम क्लिनिकबाट प्रदान गरिँदै आएका सेवाहरुमा ग्राहकहरूलाई प्यथोलोजी टेस्टमा १० प्रतिशत,MRI, X-Ray, Mammogram, Ultrasonography, USG Colour Doppler, Bone Mineral Density Test (BMD), Dental Orthopantomogram (OPG) and Cone Beam Computed Tomography (CBCT), Echo Cardiography, Electro Cardiogram मा ५ प्रतिशत तथा फार्मेसीमा ५ प्रतिशतदेखि १० प्रतिशत सम्मको छुट दिने सम्बन्धमा सम्झौता भएको छ ।

विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले अनवरत रूपमा वित्तीय साक्षरता प्रबर्द्धन गर्दै आफ्ना देशभर रहेका ३ सय २ शाखा सञ्जाल, ३ सय १६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ एकाइहरुमार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi