Skip to content

१४ अर्ब जुटाउन नसकेपछि दुधकोशीबाट भारतीय लगानीकर्ता बाहिरियो, ७० मेगावाटको आयोजना हाइ हिमालयले बनाउने 

nabil bank
काठमाडौं । वित्तीय स्रोत जुटाउन नसकेपछि दुधकोशी २ जलेश्वर नदी प्रवाहमा आधारित जलाशययुक्त(पीआरओआर)बाट भारतीय लगानीकर्ता बाहिरिएको छ ।
सोलुखुम्बुको थुलुङ गाउँपालिकामा बन्ने आयोजनाको स्वामित्व दुधकोशी हाइड्रोपावर नेपाल प्रालि मार्फत भारतीय कम्पनी एसएसएनआर प्रोजेक्ट प्रालिले लिएको यो । एसएसएनआर प्रोजेक्ट नेपालमा भारतीय लगानीमा निर्माण भइरहेको अरुण तेस्रो जलविद्युत् आयोजनाको निर्माणको लागि आएको कम्पनी हो । यसले नेपाल आएपछि पीआरओआरमा आधारित दुधकोशी २ जलविद्युत् आयोजना आफ्नो लगानीमा निर्माण गर्ने तयारी गरेको थियो ।
स्रोतका अनुसार भारतीय कम्पनी एसएसएनआरले वित्तीय स्रोत जुटाउन नसकेपछि आयोजनाबाट हात झिक्ने निर्णय गरेको हो । आयोजना निर्माण गर्न गरी दुधकोशी २ जलविद्युत् आयोजनाको स्वामित्व नेपाली कम्पनी हाइ हिमालय हाइड्रो कन्स्ट्रक्सन प्रालिले लिएको हो ।
स्रोतका अनुसार हाइ हिमालय हाइड्रो र एसएसएनआर प्रोजेक्टबीच जलविद्युत् आयोजनाको सेयर किनबेचको सम्झौता(एसपीए) भइसकेको छ । दुई देखि तीन महिनाभित्रमा दुधकोशी २ जलविद्युत् आयोजनाको स्वामित्व नेपाली कम्पनीमा आउने छ ।
‘एसपीए भइसकेको छ, सबै गर्दा हाइ हिमालयले जलविद्युत् आयोजनाको स्वामित्व लिनको लागि ६० करोडजति खर्च गरेको छ,’स्रोतले भन्यो ।
दुधकोशी–२ जलविद्युत आयोजनाले सर्वेक्षण अनुमति पत्र अनुसार सुरुमा आयोजनाको जडित क्षमता २३० मेगावाट रहेको थियो ।
सोही अनुरुप यो आयोजनको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन  दुधकोशी–२ जलविद्युत आयोजनको संरचनाहरु जस्तैः विद्युतगृह, टेलरेस आदि डुबानमा पर्ने भएकोले आयोजनालाई पुन डिजाइन गरी अध्ययन प्रतिवेदन पेश गरेर यसलाई २३० मेगावाटबाट घटाएर ७० मेगावाटमा झारिएको थियो ।
७० मेगावाट जलविद्युत् आयोजना निर्माणको लागि १४ अर्ब रुपैयाँ लगानी चाहिने अनुमान थियो । नेपाली लगानीकर्ताले आयोजनाको स्वामित्व भने ७० मेगावाटबाट बढाएर ९४ मेगावाट पुर्‍याउने योजना बनाएका छन् । जसको लागि करिब करिब १९ अर्ब रुपैयाँ लगानी चाहिने छ ।
आयोजनाको वातावरणीय मुल्यांकन अनुसार प्रस्तावित आयोजना भौगोलिक रुपले उच्च हिमाली भेग अन्र्तगत पर्दछ । यस क्षेत्रको प्रमुख भू–आकृतिहरु दुधकोशी नदीप्रणालीहरुले कटान गरी बनाएका उपत्यकाहरू र भिराला जमिनहरू पर्दछन् । प्रस्तावित आयोजना क्षेत्र दुधकोशी उपत्यकाको वेसीमा पर्दछ ।
भौगर्भिक दृष्टिकोणले यो क्षेत्र मेन सेन्ट्रल थ्रस्नजिक अवस्थित टेक्टोनिक प्लेट अन्तर्गतका तल्लो हिमालयन चट्टान श्रृङखलामा पर्ने हुँदा  तथा दुधकोशी नदीको जलाधार क्षेत्रमा सक्रिय हिमतालहरू रहेकाले हिमताल फुटेर बाढी आउन सक्ने संभावना रहेको वातावरणीय मुल्यांकलनमा उल्लेख गरिएको छ ।
आयोजनाको स्वामित्व लिने हाइ हिमालयनको अध्यक्ष किरण मल्ल हुन् । उनी जलविद्युत् क्षेत्रको निर्माण गर्ने परिचित लगानीकर्ता हुन् । अर्का लगानीकर्ता बागलुङका कदम केसी रहेका छन् । मल्ल नेपाल भारत उद्योग वाणिज्य संघका कोषाध्यक्ष समेत हुन् ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi