Skip to content

१० ठूला बैंकको ‘लोन पोर्टफोलियो रिभ्यु’ गर्न ६ कम्पनी सर्टलिस्टमा

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० वटा ठूला वाणिज्य बैंकको ‘लोन पोर्टफोलियो रिभ्यु’ गर्नको लागि ६ वटा कम्पनी सर्टलिस्ट गरेको छ । नेपाल राष्ट्र बैंकले फागुन १९ गते सोमबार एक सूचना जारी गर्दै बैंकहरुको ‘लोन पोर्टफोलियो रिभ्यु’ गर्नको लागि ६ वटा कम्पनी सर्टलिस्टमा परेको जनाएको हो ।

सर्टलिस्टमा पर्नेमा श्रीलंकाको Deloitte Partners , बंगलादेशको Howladar Yunus & Co., भारतको KPMG Assurance And Consulting Services LLP, नेपाल-भारतको संयुक्त जेभी कम्पनी Mehra-JKSS-SSBDI-JV, भारतको MSKA & Associates, र भारत-नेपालको संयुक्त जेभी कम्पनी SRBA & B.K Agrawal & Co. रहेका छन् ।

अब सर्टलिस्टमा परेका कम्पनीसँग राष्ट्र बैंकले प्रस्ताव आह्वान गर्ने छ र त्यसपछि प्राविधिक रुपमा योग्य देखिएका कम्पनीलाई वित्तीय प्रस्ताव पेस गर्ने भनिने छ । राष्ट्र बैंकले १० वटा ठूला वाणिज्य बैंकको ‘लोन पोर्टफोलियो रिभ्यु’ गर्नका लागि २० डिसेम्बर २०२४ मा आवेदन खुलाएको थियो।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi