Skip to content

स्वरोजगार लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आइतबारदेखि बिक्री खुला गरिरहेको थप सार्वजनिक निष्कासन (एफपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। एफपीओ निष्कासन छिटोमा फागुन २१ र ढिलोमा चैत ३ गते निष्कासन बन्द गर्ने भनिएको थियो। यसमा मागभन्दा बढी नै आवेदन परिसकेकाले आज बैंकिङ्ग समयपछि एफपीओ निष्कासन बन्द गरिनेछ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो। खरिदकर्ताले आवेदन दिँदा घटीमा १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने बढीमा १ हजार कित्तासम्म माग गर्दै आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

अर्घाखाँची सिमेन्ट
Hyundai

एफपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले यस कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस’ रेटिङ्ग दिएको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सबै सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा निर्मित सफट्वेय ‘मेरो सेयर’ अनलाईन प्रयोग गरेर आवेदन दिन सक्नेछन्।

हाल यस कम्पनीको चुक्ता पुँजी ६७ करोड ११ लाख ४ हजार ९९३ रुपैयाँ रहेको छ। एफपीओ बाँडफाँडपछि कम्पनीको चुक्ता पुँजी ६९ करोड ६ लाख ८२ हजार २९३ रुपैयाँ पुग्नेछ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्