Skip to content
Prabhu

लक्ष्मी सनराइज बैंकको १० लाख बढी कित्ता संस्थाप सेयर बिक्रीमा

2001-14 Logo adaptation

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले १० लाख भन्दा बढी कित्ता संस्थाप सेयर बिक्रीमा राखेको छ । बैंकले हाल विद्यमान संस्थाप सेयरधनीहरुले मात्रै किन्न पाउने गरी १० लाख २४ हजार ६८५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

सो सेयर किन्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिन भित्र काठमाडौंका हात्तीसारस्थित बैंकको मुख्य कार्यालयमा लिखित जानकारी गराउनु पर्नेछ । तोकिएको सयमसीमा भित्र संस्थापक सेयरधनीहरूबाट सेयर किन्नका लागि लिखित जानकारी हुन नआएमा उक्त सेयर सर्वसाधारणलाई बेच्न प्रक्रिया अघि बढाइने जानकारी दिएको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्