Skip to content

राष्ट्रिय वाणिज्य बैंकले माग्यो सीईओ,२१ दिनभित्र आवेदन दिन सकिने

काठमाडौं । सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकले प्रमुख कार्यकारी अधिकृत पदको आह्वान गरेको छ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले अवकास पाएपछि बैंकले सीईओ पदको आवेदन माग गरेको हो ।

सूचना प्रकाशित भएको २१ दिनभित्रमा योग्यता पुगेका आवेदकले आवेदन दिनुपर्ने छ ।

सीईओको लागि व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक अर्थशास्त्र, वाणिज्य शास्त्र, लेखा शास्त्र, तथ्याङ्क शास्त्र, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको, चार्टर्ड एकाउन्टेन्सी वा व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्य शास्त्र, तथ्याङ्क शास्त्र, लेखाशास्त्र, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातक उपाधि हासिल गरी बैंकिङ तथा वित्तीय क्षेत्र, सरकारी निकाय, सङ्गठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्राष्ट्रिय सङ्घ वा संस्थाको अधिकृत तह वा सोभन्दा माथिको पदमा कम्तीमा दस वर्षको कार्य अनुभव गरेको हुनुपर्ने छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T