काठमाडौं । बिहीबारको सेयर कारोबार जारी रहँदा भूगोल इनर्जीको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । यस अघि गार्डियन माइक्रो लाइफको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेर कारोबार बन्द भएको थियो ।
आजको कारोबार जारी रहँदा भूगोल इनर्जीको सेयर मूल्य ६७ रुपैयाँ ६० पैसाले बढेर ७४३ रुपैयाँ ६० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढी हो । यो अवस्थामा समग्र सेयर बजार परिसूचक भने ८ दशमलव ४८ अंकले घटेर कारोबार भइरहेको छ । यो अवस्थामा सेयर बजारमा ५ अर्ब ८६ करोड माथिको कारोबार भएको छ ।






प्रतिक्रिया दिनुहोस्