Skip to content

क्रेष्ट माइक्रो लाइफको आईपीओमा पहिलो दिन मै साढे ४ लाख बढीको आवेदन

nabil bank

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओमा पहिलो दिनमै साढे ४ लाख भन्दा बढीको आवेदन परेको छ । कम्पनीले आज देखि बिक्री खुला गरेको आईपीओमा पहिलो दिनको कार्यालय समय भित्र ४ लाख ६५ हजार ४८८ जनाको आवेदन परेको हो ।

यो कम्पनीको आईपीओमा पहिलो दिनको आवेदनबाट ५८ करोड ५८ लाख ६१ हजार रुपैयाँ बराबरको ५८ लाख ५८ हजार ६१० कित्ताका लागि आवेदन दिएका हुन् । जुन मागभन्दा ३.१७ गुणाले बढी आवेदन हो ।

कम्पनीले सर्वसाधारणका लागि आईपीओ खुला गरेको हो । नेपाल धितोपत्र बोर्डले यस कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँमा जम्मा २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको थियो । सोमध्ये २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, ६७ हजार ५०० कित्ता कम्पनीका कर्मचारी र १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरिसकेको छ ।

अब कम्पनीले बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सर्वसाधारणका लागि आजदेखि निष्कासन गरेको हो । यस आईपीओमा आवेदन दिँदा घटीमा १० र बढीमा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime