Skip to content

सिलवाललाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्च जाने तयारीमा अख्तियार

nabil bank

काठमाडौं । नेपाल बीमा प्राधिकरणका तत्कालिन अध्यक्ष सूर्यप्रसाद सिलवाललाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत जाने भएको छ । विशेष अदालतले गत फागुन १८ गते सिलवालमाथिको आरोप पुष्टि हुन नसक्ने भन्दै नागरिकताको जन्ममिति विवरण सच्चाएर आफ्नो अवधि सच्चाएको आरोपमा सफाइ दिएको थियो । उक्त फैसला त्रुटिपूर्ण देखिएकाले अख्तियार सर्वोच्च जाने तयारी गरिएको हो ।

अख्तियारले पटक–पटक नागरिकताको जन्म मिति फेरेर व्यक्तिगत लाभ लिई भ्रष्टाचार गरेको भन्दै २०८० मंसिरमा विशेषमा मुद्दा दायर गरेको थियो । बीमा प्राधिकरणको अध्यक्षको हैसियतमा ६५ वर्षको उमेरको हदबाट अनिवार्य अवकाश हुनु पर्नेमा सम्वत् २०८० साउन १६ गतेवाट ६६ औं वर्षमा प्रवेश गर्दासमेत थप ९ महिनासम्म पदको दुरुपयोग गरी लाभ सुविधा लिएको आरोप अख्तियारको छ ।

सिलवालको जिल्ला प्रशासन कार्यालय, पर्साबाट जारी मिति २०३२ फागुन २४ गते लिएको नागरिकतामा १६ वर्ष उल्लेख रहेको २०६६ वैशाख १७ गते जारी नागरिकताको प्रतिलिपिमा २०१६ कात्तिक २२ गते उल्लेख रहेको छ । त्रिभुवन विश्वविद्यालयबाट जारी डिप्लोमा तहको ट्रान्सक्रिप्टमा जन्म मिति २०१५ साउन १५ उल्लेख भएको, स्वयंले भरेको नोकरी तथा वैयक्तिक विवरण(सिटरोल) मा समेत ट्रान्सक्रिप्टको नै जन्म मिति उल्लेख गरी विवरण भरी निजामती सेवामा मिति २०४३ साउन १ गते राष्ट्रसेवक पद तृतीय श्रेणीमा नियुक्ति लिएको अख्तियारको जिकिर छ ।

सोही जन्म मितिको आधारमा निजामती किताबखानाबाट निवृत्तिभरण अधिकार पत्र प्राप्त गरी २०७३ साउन १५ गते अनिवार्य अवकाश प्राप्त गरेका थिए । तर उनी निजामती सेवामा नै बहाल रहँदा कूटनीतिक राहदानी विशेष राहदानी लिँदाको जन्म मिति १९६१ नोभेम्बर ९ अर्थात २०१८ साउन २४ गते उल्लेख रहेको छ । यसरी उनले आफ्नो वास्तविक उमेर ३ वर्ष घटाएर राष्ट्रसेवकको हैसियतले प्राप्त गरेको राहदानी र विशेष राहदानी प्राप्त गर्दा झूटा विवरण पेस गरी लाभ सुविधा लिएको आरोप उनीमाथि छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime