Skip to content

आइएमई लाइफको साधारणसभा सम्पन्न

nabil bank

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको साधारणसभा सम्पन्न भएको छ । कम्पनीको ८ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको हो ।

सभाले हाल कायम चुक्ता पुँजीको २१.०५२६४ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको छ । त्यस्तै गत आर्थिक वर्षको वित्तीय विवरणहरू छलफल गरी पारित गर्नुका साथै चालु आवको लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारणको विषय पनि टुङ्गिएको छ ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएका खर्चहरू अनुमोदन गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life