Skip to content

बीमा प्राधिकरणका अध्यक्ष ओझा विरुद्ध अख्तियारमा उजुरी, झुटो विवरण बुझाएर नियुक्ति लिएको दाबी

nabil bank

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाका विरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । दिपेन्द्र बोहोराले ओझाले झुटो विवरण बुझाएर अध्यक्षमा नियुक्ति लिएको भन्दै अख्तियारमा मुद्दा दर्ता गराएका हुन् ।

सुशासनको न्युनतम मापदण्डहरुको समेत बर्खिलाप हुने गरी ओझा अध्यक्षमा नियुक्त भएको निवेदनमा उल्लेख गरिएको छ । ‘निज ओझाले अध्यक्ष नियुक्ती प्रक्रियामा बुझाएको अनुभव सम्बन्धी अधिकांश प्रमणहरु झुटा हुन् ।

नेपाल सरकारलाई झुटो विवरण बुझाएर लाखौँ लाख बीमितहरुले तिरेको करिब ७ खर्ब रुपैयाँको सदुपयोग गरि बीमितको हित र देश विकासमा योगदान दिनुपर्ने नियामक निकाय नेपाल बीमा प्राधिकरण जस्तो निकायमा नियुत्त लिन सफल भएका निज ओझामाथि छानविन गरि तत्काल कारबाही गर्नु पर्ने देख्दछु,’ निवेदनमा भनिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime