Skip to content

सानिमा जिआईसीको साधारणसभा चैत २१ गते, लाभांश र संशोधित हकप्रद प्रस्ताव पारित गर्ने

nabil bank

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले आगामी चैत २१ गते बिहीबारका दिन ७ औँ वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको फागुन २६ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभाको मिति घोषणा गरेको हो ।

सभाले कम्पनीको हाल कायम चुक्ता पुँजीको ७.५ प्रतिशत बोनस सेयर र ०.३९४७ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरणको प्रस्ताव पारित गर्नेछ । साथै २५ प्रतिशत हकप्रद सेयर संशोधन गरी १७ प्रतिशत हकप्रद जारी गर्ने, गत आवमा भएको खर्च अनुमोदन गर्ने, सञ्चालक समितिको बैठक भत्ता संशोधन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।

त्यसैगरी गत आर्थिक आवको वित्तीय विवरणहरू पारित गरी चालु आवको लागि लेखापरीक्षक नियुक्ति र पारश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएका छ्न । सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । बुक क्लोजका आधारमा चैत ७ गतेसम्म कायम सेयरधनीहरू मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime