काठमाडौं । मंगलबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ० दशमलव ८८ अंकले बढेको छ ।
आजको प्रि ओपन सेसन पछि नेप्से परिसूचक २७५२ दशमलव ३१ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा १७ कम्पनीको सेयर मूल्य बढेको छ भने २१ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै दुई कम्पनीको सेयर मूल्य भने यो सेसनमा स्थिर रहेको छ । त्यस्तै यो सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ३५ अंकले बढेर ४६० दशमलव ११ विन्दुमा पुगेको छ ।
मंगलबारको प्रि ओपन सेसनमा ४१ कम्पनीका २४ हजार ४०० कित्ता सेयर ६८ पटक खरिद बिक्री हुँदा २ करोड ५३ लाख ५६ हजार ६४१ रुपैयाँको कारोबार भएको छ ।






प्रतिक्रिया दिनुहोस्