Skip to content

बेष्ट फाइनान्सले सेयर संरचना परिवर्तन गर्ने

nabil bank

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले संस्थापक र सर्वसाधारणको सेयर संरचना परिवर्तन गर्ने भएको छ । हाल यस कम्पनीको संस्थापक सेयरधनीको ६१.४२ प्रतिशत र सर्वसाधारण सेयरधनीको ३८.५८ प्रतिशत सेयर स्वामित्व रहेको हो ।

कम्पनीले यसलाई परिवर्तन गरेर संस्थापकतर्फ ५१.४२ र सर्वसाधारणतर्फ ४८.५८ प्रतिशत कायम गर्ने बताएको छ । कम्पनीको गत कात्तिक १४ गते बसेको २७ औं वार्षिक साधारणसभाले सेयर संरचना परिवर्तन गर्ने प्रस्ताव पारित गरेको थियो । यसलाई नेपाल राष्ट्र बैंकले पनि अनुमति दिएपछि कम्पनीले सेयर संरचना परिवर्तन गर्न लागेको हो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime