काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले लिलाम प्रक्रिया मार्फत बिक्री खुला गरेको सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले फागुन २० गतेदेखि लिलाम मार्फत् बिक्रीमा राखेको ८ लाख ७३ हजार ६१.२५५ कित्ता सेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन हो ।
यो सेयर खरिदका लागि सबैले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोएिको छ । आवेदन दिँदा घटीमा १०० कित्ता र बढीमा १० ले निःशेष भाग जाने गरी वा सम्पूर्ण कित्ता माग गर्न सकिनेछ । इच्छुक लगानीकर्ताले आफूले किन्न चाहेको सेयर संख्या र सोको मूल्य समेत तोकेर गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ ।
यस्तो बोलपत्र नक्सालस्थित सिद्धार्थ क्यापिटलका साथै सिद्धार्थ बैंकका विराटनगर, विर्तामोड, वीरगञ्ज, जनकपुर, हेटौंडा, नारायणगढ, पोखरा, बाग्लुङ्ग, बुटवल, घोराही, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालयमा पाइँनेछ ।
प्रतिक्रिया दिनुहोस्