Skip to content

मन्त्री उपस्थित नभएपछि संसद् बैठक स्थगन

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ हुनेबित्तिकै स्थगन भएको छ । सभाको आजको बैठक प्रारम्भ हुनासाथ प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रतिनिधिसभा नियमावलीअनुसार मन्त्रीको उपस्थिति बिना बैठकको कामकारबाही अगाडि बढ्न नसक्ने उल्लेख गर्दै सरकारको उपस्थितिको माग गरेका थिए ।

‘सरकारले सदनलाई हेपिरहेको छ, संसद्मा सरकारको प्रतिनिधि कोही पनि हुनुहुन्न, हामी समिति र उपसमितिको बैठकमा जान्छौँ, प्रतिपक्षी दल उपस्थित हुन्छ, तर सरकारको प्रतिनिधि हुँदैनन्, सरकारको उपस्थिति नभइकन आजको यो बैठकको गतिविधि अघि नबढाइयोस्,’ सांसद् पाण्डेले भने ।

त्यसपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक १५ मिनेटपछि बस्ने गरी स्थगत गरेका हुन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima