Skip to content

वैशाख १ गतेदेखि प्राधिकरणको केन्द्रीय कार्यालयमा इजलास सञ्चालन गरिने

nabil bank

काठमाडौं । वैशाख १ गतेदेखि नेपाल बिमा प्राधिकरणले आगामी ललितपुरको कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालय भवनमा बिमा दाबीसम्बन्धी उजुरीहरूको सुनुवाइ गर्ने प्रयोजनका लागि इजलास सञ्चालन गर्ने भएको छ ।

प्राधिकरण सञ्चालक समितिको यही फागुन २७ गते बसेको बैठकले वैशाख १ गतेदेखि लागू हुने गरी प्राधिकरणमा दायर भएका बिमा दाबीसम्बन्धी उजुरीहरूको सुनुवाइ गर्ने प्रयोजनका निम्ति प्राधिकरणको भवनमा इजलास संचालन गरिने भएको हो । भौतिक व्यवस्था तथा अन्य आवश्यक तयारी भइरहेको छ ।

प्राधिकरण सञ्चालक समितिको बैठकले प्राधिकरणमा दायर भएका बिमा दाबी उजुरीहरूको हकमा साप्ताहिक तथा अन्य पेसी सूची र निर्णयहरू प्राधिकरणको वेबसाइटमा प्रकाशन गर्न समेत व्यवस्थापनलाई निर्देशन दिने निर्णय गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime