काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिसको लागि अर्थमन्त्री बिष्णु पौडेलको नेतृत्वमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा विश्व पौडेल र पूर्वगभर्नर विजयनाथ भट्टराई सदस्य रहेको समिति गठन गरेको हो ।
कांग्रेस समर्थनमा एमालेका प्रधानमन्त्री ओलीले अर्थमन्त्री एमाले र दुईजना सदस्य कांग्रेस निकट हुने गरेर समिति गठन गरेका हुन् । पौडेल र भट्टराई कांग्रेस सभापति शेरबहादुर देउवा निकट हुन् ।
समितिले तीनजनाको नाम सिफारिस गर्ने छ । ऐन अनुसार तीन जना सदस्यमा एकजना अनिवार्य डेपुटी गभर्नर हुनुपर्ने व्यवस्था रहेको छ । गभर्नरको लागि अहिलेका डेपुटी गभर्नर निलम ढुंगाना र बमबहादुर मिश्र सहित एक दर्जन दावेदार छन् ।






प्रतिक्रिया दिनुहोस्