Skip to content

सिद्धार्थ बैंकद्वारा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५ थान कम्प्युटर सहयोग

काठमाडौं । सिद्धार्थ बैंकले घोराही शाखाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५ थान डेक्सटप कम्प्युटर सहयोग गरेको छ। बिहीबार बैंकका शाखा म्यानेजर मिगलसिंह ठकुरीले प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेलाई पाँच थान कम्युटर सहयोग स्वरूप हस्तान्तरण गरेका हुन्।

चार लाख मूल्य बराबरको कम्प्युटर हस्तान्तरण शाखा म्यानेजर ठकुरीले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रतिष्ठानलाई कम्प्युटर सहयोग गरिएको बताए।
प्रतिष्ठानको सूचना प्रविधिलाई बलियो बनाउन र मेडिकल रेकर्ड प्रणालीलाई चुस्त राख्नका लागि सहयोग पुगोस् भन्ने उद्देश्य लिइएको ठकुरीले बताए।

प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले अब प्रत्येक वार्डमा कम्प्युटर राखेर मेडिकल रेकर्डलाई व्यवस्थित गर्न सहज हुने बताए। बैंकले प्रदान गरेको कम्युटरले थप प्राविधिमैत्री बन्न सहयोग पुग्ने, बिरामीको अभिलेखीकरणमा सहयोग पुग्ने, एकीकृत तथ्याङ्कमा सघाउने तथा डाटा भण्डारण गर्न र सेवा प्रवाह गर्न सहयोग पुग्ने आशा गरिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima