Skip to content

इन्फिनिटी लघुवित्तको ६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

nabil bank

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले हाल कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी सेयर बिक्रीमा राखेको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र नवलपरासीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ । साथै तोकिएको समय भित्र विद्यमान संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेमा सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime