Skip to content
Prabhu

स्वरोजगार लघुवित्तको एफपिओ बाँडफाँट

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपीओ) बाँडफाँट भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज एफपिओ बाँडफाँट सम्पन्न गरेको हो ।

एफपिओमा अन्तिम दिनसम्ममा २ अर्ब ३४ करोड ६२ लाख ९८ हजार रुपैयाँ संकलन भएको थियो । १८ लाख ८२ हजार ४२२ जनाले लाख २ करोड ३४ लाख ६२ हजार ९८० कित्ताका लागि आवेदन दिएका थिए । कम्पनीको एफपिओ १९ हजार ५७७ जनाले १०÷१० कित्ताका दरले हात पारेका छन् जसमा साढे १८ लाखभन्दा बढीको हात रित्तो भएको छ ।

global
अर्घाखाँची सिमेन्ट

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal