काठमाडौं । शुक्रबार बिहान लद्दाखको कारगिल क्षेत्रमा ५.२ म्याग्निच्युडको भूकम्प गएको छ । भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार स्थानीय समय २ः५० मिनेटमा ५.२ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको झड्का जम्मुकश्मिर क्षेत्रमा पनि महसुस भएको थियो । मानिसहरु मस्त सुतिरहेका बेला भूकम्पको झड्का महसुस भएको थियो । उनीहरु आत्तिँदै घर बाहिर निस्किएका थिए ।
भारतीय मिडियाहरुका अनुसार भूकम्पले मानवीय क्षति भएको छैन । तर, केही कमजोर पर्खाल र घरहरु भत्किएका छन् ।
प्रतिक्रिया दिनुहोस्