Skip to content

बजार अनुगमनका लागि जनशक्तिको अभाव छ : उद्योग मन्त्री भण्डारी

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बजार अनुगमनका लागि जनशक्ति अभाव रहेको बताएका छन् । शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र उपभोक्ता हित संरक्षण मञ्च नेपालले गरेको व्यवसाय र उपभोत्तmाको मानवअधिका, शीघ्र र सुलभ न्यायका लागि उपभोक्ता अदालत विषय अन्तक्रिया कार्यक्रमा बोल्दै मन्त्री भण्डारीले उपभोक्ता संरक्षण ऐनले बजार अनुगमनको व्यवस्था गरेको भए पनि कार्यान्वयनका लागि जनशक्ति अभाव भएको बताएका हुन्।

जनशक्ति अभावका कारण प्रयाप्त बजार अनुगमनलगायत अन्य थ्रुपै कामहरु पनि गर्न नसकिएको उनको भनाइ छ । उपभोक्ता अदालत गठन पछि यस्ता कामहरुलाई थप प्रभावकारी बनाउने उनले विश्वास व्यक्त गरे । उपत्यकाका तीन जिल्लालाई लक्षित गरेर भोलिदेखि उपभोक्ता अदालत उद्घाटन हुँदैछ । कुनै पनि सामान खरिद गर्दा उपभोक्ताले विल नमाग्ने कारणले पनि समस्या भएको उनले बताए ।

अदालतबाट हुने फैसलाको नजिरका कारण उपभोक्ता ठगिने विषयहरु कम हुदै जाने मन्त्री भण्डारीको विश्वास थियो । अदालतबाट हुने फैसलाले व्यवसायीहरुमा पनि सुधार हुने उनको भनाइ थियो । बजारलाई सन्तुलित बनाउनका लागि सहयोग पुग्ने उनको भनाइ थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T