Skip to content

बीमा प्राधिकरणको महिला सञ्चालकमा राधा पोखरेल नियुक्त

nabil bank

काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको सदस्यमा राधा पोखरेल नियुक्त भएकी छिन् । अर्थ मन्त्रालयले राधा पोखरेलाई सञ्चालक समितिको सदस्यमा नियुक्त गरेको हो ।

बीमा ऐन २०७९ मा बीमा प्राधिकरणको सदस्यमध्ये १ जना महिला अनिवार्य रुपमा नियुक्त गर्ने पर्ने प्रावधान छ । सोही व्यवस्थाअनुसार पोखरेलाई सदस्यमा नियुक्त गरिएको हो ।

ऐनअनुसार प्राधिकरण सञ्चालकमा अध्यक्ष र ४ जना सञ्चालक हुनुपर्ने व्यवस्था छ । अर्थ मन्त्रालय र कानुन मन्त्रालयका सहसचिव सञ्चालकको रुपमा प्रतिनिधित्व गर्ने व्यवस्था ऐनमा छ ।

यस्तै २ सदस्यमा जीवन बीमा र निर्जीवन बिमा क्षेत्रबाट १र१ जना गरी दुई जना सञ्चालक नियुक्त गर्नुपर्ने छ । ५ सदस्य रहने प्राधिकरणको बोर्डमा एक जना महिला सञ्चालक अनिवार्य हुनुपर्ने व्यवस्था ऐनले गरेको छ । पोखरेल नेपाल पुँजी बजार लगानीकर्ता संघको अध्यक्ष पनि हुन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime