Skip to content
Prabhu

एनआईसी एसिया बैंक एकैचोटी ५ कम्पनीको साढे १४ लाख कित्ता सेयर बेच्दै

काठमाडौं । एनआईसी एसिया बैंकले विभिन्न ५ वटा कम्पनीको १४ लाख ४६ हजार ९ सय २ कित्ता संस्थापक सेयर लिलाम बिक्रीमा राखेको छ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले १० लाख कित्ता, जीवन विकास लघुवित्त वित्तीय संस्थाले २ लाख ८७ हजार ८४२ कित्ता, सूर्योदय वोमि लघुवित्त वित्तीय संस्थाले ५९ हजार ६० कित्ता, नागरिक लगानी कोष र सूर्यज्योति लाइफ इन्स्योरेन्सले समान ५०र५० हजार कित्ता शेयर बिक्री गर्ने भएका हुन् ।

global
अर्घाखाँची सिमेन्ट

नागरिक लगानी कोषको शेयर खरिद गर्नका लागि न्यूनतम् १० कित्ताका लागि आवेदन दिनुपर्ने छ । जसको न्यूनतम् मूल्य ६९६ रुपैयाँ रहेको छ । यसैगरी, सूर्योदय वोमिको नाममा रहेको शेयर खरिदका लागि न्यूनतम् ५ हजार कित्ताका लागि आवेदन दिनुपर्ने छ । जसको न्यूनतम् मूल्य २६९ रुपैयाँ तोकिएको छ । सूर्यज्योति लाइफको शेयर खरिदका लागि न्यूनतम् ५ हजार कित्ताका लागि आवेदन दिनुपर्ने छ । जसको न्यूनतम् मूल्य १५९ रुपैयाँ रहेको छ ।

यसैगरी, नेपाल इन्फ्रास्ट्रक्चरको नाममा रहेको शेयरको मूल्य न्यूनतम् मूल्य १०५ रुपैयाँ तोकिँदा जीवन विकासको नाममा रहेको शेयरको न्यूनतम् मूल्य ५४० रुपैयाँ तोकिएको छ । उक्त शेयरहरुमा न्यूनतम् ५ हजार कित्ताका लागि आवेदन दिनुपर्ने छ ।

इच्छुक खरिदकर्ताले आज चैत ३ गतेदेखि चैत १० गतेभित्र आवेदन दिइसक्नु पर्ने छ। आवेदन फाराम काठमाडौंको थापाथलीस्थित बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल वा एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालयका साथै विराटनगर, आदर्शनगर, महेन्द्रपुल, श्रवणपथ, बुटवल, हस्पिटल लाइन र वीरेन्द्रनगर शाखा कार्यालयमा उपलब्ध हुनेछ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal