काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको सञ्चालकमा बिमलप्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जन नियुक्त भएका छन् ।
नेपाल लाइफ इन्स्योरेन्सको २५औं वार्षिक साधाणसभाको निर्णयअनुसार चैत २ गते होटल भिष्वा, वीरगन्जमा सम्पन्न भएको निर्वाचनले तीन जना सञ्चालक नियुक्त गरेको हो ।
सञ्चालक समितिको चैत २ गते बसेको २९३औं बैठकमा बीमा ऐन, २०७९ बमोजिम नवनिर्वाचित तीन जना सञ्चालक सदस्यहरुले अध्यक्ष गोबिन्द लाल संघईबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।







प्रतिक्रिया दिनुहोस्