Skip to content

प्रभु बैंकको मुस्ताङमा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । प्रभु बैंकले गण्डकी प्रदेशले घरपझोङ गाउँपालिकामा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमको मुख्य उद्देश्य डिजिटल वित्तीय ज्ञानको प्रसार, डिजिटल ठगीबाट जोगिने उपायहरूको बारेमा जनचेतना फैलाउने र सर्वसाधारणलाई बचत गर्न, बजेटिङ र लगानीको अवधारणालाई विकास गर्न रहेको बैंकले जनाएको छ ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, स्थानीय सरकारका अध्यक्ष, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट, निर्देशक मुक्ति सापकोटा, नेपाल राष्ट्र बैंक पोखरा प्रादेशिक कार्यालयका प्रमुख दीपकराज लामिछाने, प्रभु बैंक गण्डकी प्रदेश प्रमुख राजु रानामगर, प्रभु बैंकका अदाधिकारीहरू लगायतसहित १ सय २० भन्दा बढी स्थानीय बासिन्दाहरूको उपस्थिति थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T