Skip to content
Prabhu

सेयर बजार घट्दा पनि दुई लघुवित्त, दुई हाइड्रोपावर र एक विकास बैंकका सेयरधनीले धेरै कमाए

काठमाडौं । सोमबार सेयर बजार दोहोरो अंकले घटेर कारोबार बन्द हुँदा जम्मा ८५ कम्पनीको सेयर मूल्य बढेको छ । ८५ कम्पनीमध्ये धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनीमा दुई लघुवित्त, दुई हाइड्रोपावर र एक विकास बैंक रहेका छन् ।

आज सेयर बजारमा हाइड्रोपावर तर्फ राप्ती हाइड्रो एण्ड जनरल कन्टक्सन लिमिटेड र इस्र्टन हाइड्रोपावर तथा लघुवित्तमा सामुदायिक लघुवित्त र मानुषी लघुवित्त रहेका छन् । त्यस्तै विकास बैंकमा ग्रिन डेभलपमेन्ट बैंक रहेका छन् । आज राप्ती हाइड्रो एण्ड जनरलको सेयर मूल्य ९.८६ प्रतिशत अर्थात् ५७ रुपैयाँले बढेर ६३५ रुपैयाँ पुगेको छ । त्यस्तै आज इस्र्टन हाइड्रोपावरको सेयर मूल्य २५ रुपैयाँले बढेर ७९१ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको भन्दा ३.२६ प्रतिशतले धेरै हो ।

global
अर्घाखाँची सिमेन्ट

त्यस्तै आज सामुदायिक लघुवित्तको सेयर मूल्य १९२ रुपैयाँले बढेर २ हजार ५८२ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ८.०३ प्रतिशतले धेरै हो । आज मानुषी लघुवित्तको सेयर मूल्य ४.१३ प्रतिशत अर्थात् ७६ रुपैयाँ ९० पैसाले बढेर १ हजार ९३८ रुपैयाँ पुगेको छ । ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्य आज ६७ रुपैयाँले बढेर १ हजार ३२५ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ५.३३ प्रतिशतले धेरै हो ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal