Skip to content

सेयर बजार घटेको दिन धेरै मूल्य घटेका यी हुन शीर्ष ५ कम्पनी

काठमाडौं । सोमबार सेयर बजारमा १४५ कम्पनीको सेयर मूल्य घटेर कारोबार भयो। परिसूचक दोहोरो अंकले घटेको दिन धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा महालक्ष्मी विकास बैंक, घलेम्दी हाइड्रोपावर, विशाल बजार कम्पनी, एनआईसी एशिया ग्रोथ फण्ड–२ र विन नेपाल लघुवित्त रहेका छन् ।

आज महालक्ष्मी विकास बैंकको सेयर मूल्य २४ रुपैयाँले घटेर ४२० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ५.४१ प्रतिशतले कम हो । त्यस्तै आज घलेम्दी हाइड्रोपावरको सेयर मुल्य ४.५८ प्रतिशत अर्थात् १४ रुपैयाँ ३० पैसाले घटेर २९७ रुपैयाँ ७० पैसा पुगेको छ ।

त्यस्तै आज विशाल बजार कम्पनीको सेयर मूल्य २०९ रुपैयाँले घटेर ५ हजार २९१ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ३.७३ प्रतिशतले कम हो । आज एनआईसी एशिया ग्रोथ फण्डको सेयर मूल्य पनि ३.४४ प्रतिशत अर्थात् ०.३१ रुपैयाँले घटेर ८ रुपैयाँ ६९ पैसा पुगेको छ । आज विन नेपाल लघुवित्तको सेयर मूल्य ९६ रुपैयाँले घटेर २ हजार १०४ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ३ प्रतिशतले कम हो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima