Skip to content
Prabhu

धितोपत्र बोर्डबाट सन नेपाल लाइफले पायो हकप्रद सेयर निष्कासनको अनुमति

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले हकप्रद सेयर निष्कासनका लागि अनुमति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट हकप्रद सेयर जारी गर्ने अनुमति पाएको हो ।

कम्पनीले बोर्डबाट २७ प्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ । कम्पनीले २७ प्रतिशत अर्थात १ः०.२७ अनुपातमा १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयरबिक्री गर्नका लागि अनुमति पाएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्नेछ ।

global
अर्घाखाँची सिमेन्ट

हाल यस कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यसको चुक्ता पुँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ । कम्पनीको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङरहेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal