Skip to content

गृहसचिव दुवाडीले नवनियुक्त आईजीपी थापालाई लगादिए दर्ज्यानी चिह्न

नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक दीपक थापालाई मङ्गलबार गृहमन्त्रालयमा आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह प्रदान गर्नुहुँदै गृहमन्त्रालयका सचिव गोकर्णमणी दुवाडी । तस्बिर ः रत्न श्रेष्ठ/ रासस

काठमाडौं । गृह मन्त्रालयमा गृहसचिव गोकर्णमणि दुवाडीले मंगलबार बिहान नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजीपी) दीपक थापालाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन्।

सोमबार मध्यरातिदेखि बसन्तबहादुर कुँवर अवकाशमा गएका छन्। उनी अवकाशमा जाने भएसँगै सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई आइजीपी नियुक्त गरेको हो। आइजीपी भएका थापा २०५२ भदौ १९ गते प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका हुन्।

उनी २०६३ भदौ ८ मा डिएसपी, २०७२ साउन ८ मा एसपी, २०७५ फागुन ६ गते एसएसपी र २०७९ असार १७ गते डिआइजी भएका थिए। उनी २०७९ चैत ६ गते उनी एआइजीमा बढुवा भएका थिए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima