काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न ५ जना संस्थापक सेयरधनीहरूको नाममा रहेको २ लाख भन्दा बढी कित्ता सेयर बिक्रीमा राखेको छ ।
कम्पनीले संस्थाप सेयरधनीहरुको नाममा रहेको २ लाख ७४ हजार २०१ कित्ता सेयर बिक्रीमा राखेको हो । कम्पनीले यसअघि कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूलाई खरिद प्रस्ताव गरेकोमा बिक्री नभएपछि सर्वसाधारणलाई खरिद आह्वान गरेको हो । उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आगामी ७ दिन भित्र निवेदन पेश गर्नु पर्नेछ ।
प्रतिक्रिया दिनुहोस्