Skip to content

२५ करोड बढी रकम लिएर कहाँ जाँदै थिए १६५२ नम्बरका ट्रक ड्राइभर कुसाङ ?

nabil bank

काठमाडौं । नेपाल प्रहरीले सोमबार मध्यराती काठमाडौंको टोखाबाट ठूलो परिणाममा विदेशी रुपैयाँ सहित ट्रक चालकलाई पक्राउ ग¥यो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलिले सोमबार राति ११ बजेको समयमा काठमाडौंको टोखा नगरपालिकाको झोरबाट २५ करोड १९ लाख २४ हजार ९५० रुपैयाँ सहित ट्रकका चालकलाई पक्राउ गरेको गर्‍यो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर १ का कुसाङ लामा रहेका छन् । प्रहरीले उनले चलाएको ना ७ ख १६५२ नम्बरको ट्रकबाट उक्त रकम बरामद गरेको जनाएको छ । ठूलो परिणाममा रकम बरामद गरेको प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरेर उनलाई सार्वजनिक गर्‍यो । प्रहरीले उनको साथबाट बरामद भएको रकम समेत सार्वजन गर्दै उनी पहिला पनि पक्राउ परेको छुटेको जनाएको छ ।

पहिला उनी सुन तसस्कीमा ५ वर्ष जेल बसेर छुटेको काठमाडौं उपत्यका अपरा अनुसान्धान कार्यालयले जनाएको छ । लामा ट्रकमा यत्रो धेरै पैसा बोकेर कहाँ जादै थिए भन्ने प्रश्न उठेका छ । त्यसमा प्रहरीले प्रारम्भिक रुपमा उनी पैसा बोकेर खाली ट्रकका साथ चीनको केरूङसम्म जान लागेको बयान दिएको प्रहरीले जनाएको छ । लामा यस अघि पनि सुन तस्करीमा पक्राउ परेकाले यो रकम पनि सुन खरिदकै लागि चीन तर्फ जान लागेको हुन सक्ने प्रहरीको भनाइ छ । तर थप अनुसन्धान पछि नै यो विषयमा जानकारी हुने प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार लामाले ट्रकको क्याबिनमा फल्स बटम बनाएर त्यसमा पैसा लुकाएर राखेको अवस्थामा पक्राउ गरिएको छ । उनको साथबाट बरामद भएको यो रकम कहाँ बाट आयो र कसको हो भन्ने विषयमा पनि अहिले खासै केही जानकारी नभएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार यो विषय पनि अनुसन्धा पछि जानकारी हुने प्रहरीको भनाइ छ । यत्रो ठूलो पैसा बैंकबाट कसरी सटही भयो भने विषयमा समेत प्रश्न खडा भएको छ ।

प्रहरीले भने रकम सहटी गर्ने निजी निकायबाट उक्त रकम सटही भएको हुन सक्ने र अवैध रकम हुन सक्ने अनुमान गरेको छ । यत्रो रकम बरामद भएको घटनामा चालक लामा मात्रै नभएर अरु पनि संलग्न हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरी स्रोतका अनुसार यो विषय थप अनुसान्धान पछि मात्रै जानकारी हुने छ । प्रहरीका अनुसार लामा २०७३ सालमा ७ किलो सुनसहित पक्राउ परेर २०७८ सालमा छुटेका थिए । अहिले पनि उनले सुन तस्करीकै लागि उक्त रकम केरूङतर्फ लैजान लागेको प्रहरी स्रोतको भनाइ छ । उनले कसको पैसामा कसलाई सुन तस्करी गर्छन् भन्ने खुलेको छैन ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime