Skip to content

बीमा प्राधिकरणका अध्यक्ष ओझा र भुटानका डेपुटी गभर्नर छोदेनबीच भेटवार्ता

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा र भुटानको रोयल मनिटरी अथोरिटीका डेपुटी गभर्नर उगेन छोदेनबीच भेटघाट भएको छ । बिहीबार छोदेन र ओझाबीच बीमा प्राधिकरणमा भेटघाट भएको हो ।

उक्त अवसरमा उनीहरुले बीमासम्बन्धी द्विपक्षीय सहयोग र आपसी ज्ञान एवम् अनुभव आदान–प्रदान सम्बन्धमा छलफल गरेको बीमा प्राधिकरणले जनाएको छ । सो अवसरमा बीमा क्षेत्रको विद्यमान अवस्था, नेपालले अभ्यास गर्दै आएको जोखिममा आधारित पुँजी (आरसीबी) तथा जोखिममा आधारित सुपरीवेक्षण (आरबिएस), पुनर्बीमा सम्बन्धी नेपालको अनुभव र द्विपक्षीय सम्बन्धमा सुदृढीकरण लगायतका विषयमा छलफल भएको छ ।

त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले नेपालले बीमा क्षेत्रमा जोखिममा आधारित पुँजी र जोखिममा आधारित सुपरीवेक्षणको अभ्यास गरिरहेको जानकारी दिदैं यस सम्बन्धमा भुटानलाई आवश्यक सहयोग गर्न तयार रहेको जानकारी दिए ।

अध्यक्ष ओझाले आगामी दिनमा भुटानको रोयल मनिटरी अथोरिटीसँगको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ गर्न र बीमा क्षेत्रलाई नयाँ उचाइ दिनका लागि असल अभ्यासहरू आदान–प्रदान गर्न प्राधिकरण तयार रहेको बताए।

भुटानको बीमा क्षेत्रको समेत नियामक निकाय रहेको रोयल मनिटरी अथोरिटीका डेपुटी गभर्नर उगेन छोदेनले नेपाल बीमा प्राधिकरणले जोखिममा आधारित पुँजी, जोखिममा आधारित सुपरीवेक्षण र पुनर्बीमा सम्बन्धमा हासिल गरेका ज्ञान एवम् अनुभव भुटानका लागि समेत लाभदायक हुने बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi