Skip to content

नेपाल लाइफ इन्स्योरेन्सले सार्वजनिक गर्‍यो २०८२ सालको क्यालेन्डर

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले विसं २०८२ सालको क्यालेन्डर सार्वजनिक गरेको छ। चैत ७ गते कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहकाबीच क्यालेन्डर सार्वजनिक गरिएको हो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली, नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयाल, प्रमुख बिजनेस अपरेसन ओम प्रकाश पुडासैनी र प्रमुख वित्त अधिकृत प्रेम प्रसाद रेग्मीले संयुक्त रूपमा क्यालेन्डर अनावरण गरे।

बिदाको सूची, पर्व, दिवस, पञ्चांग तिथि, तारिख समावेश गरी क्यालेन्डर सार्वजनिक गरिएको हो। यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सम्पूर्ण ग्राहक, बीमा अभिकर्ता, सञ्चालक पदाधिकारी, कर्मचारी, सेयरधनी लगायतमा नयाँ वर्ष २०८२ को अग्रिम शुभकामनासमेत व्यक्त गरे।

आगामी दिनहरुमा कम्पनीलाई थप सशक्त बनाउनका निम्ति नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकहरूको सेवाको गुणस्तरियतालाई थप प्रभावकारी बनाउन कम्पनीले समय सुहाउँदो योजना ल्याउने बताए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T