Skip to content
Prabhu

लाभांश पारित गर्न सर्वोत्तम सिमेन्टको साधारणसभा आज

काठमाडौं । सर्वोत्तम सिमेन्टको वार्षिक साधारणसभा आज बुधबार वैशाख १२ गते सभा होटल भिलासा, भैरहवा रुपेन्देहीमा बस्दै छ । सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजी ४ अर्ब ६५ करोड रुपैयाँको करसहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि सर्वोत्तमले चैत ३० गते शुक्रबार एक दिन बुक क्लोज गरिसकेको छ । यसआधारमा चैत २९ गते बिहीबारसम्म कायम रहेका सेयरधनीले मात्र कम्पनीले वितरण गर्ने लाभांश पाउन सक्नेछन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal