काठमाडौं । नबिल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा मनोज ज्ञवाली नियुक्त भएका छन् । बैंकको चैत १३ गते बसेको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाको राजीनामा स्वीकृत गर्दै कामु सीईओमा मनोजकुमार ज्ञवालीलाई नियुक्त गरेको हो ।
सीईओ ढुंगानाले चैत १० गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका थिए । बैंकले उक्त निर्णय स्वीकृत गर्दै बैंककै वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत मनोजकुमार ज्ञवालीलाई कामु सीईओको रूपमा जिम्मेवारी तोकेको कम्पनी सचिव विश्वप्रकाश पौडेलले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्