Skip to content
Prabhu

इन्स्योरेन्स कम्पनीमै पहिलोपटक सिटिजन लाइफले ल्यायो भिडियो ‘केवाइसी’ सुविधा

काठमाडौं । इन्स्योरेन्स कम्पनीहरुमै पहिलोपटक सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले भिडियोमार्फत केवाइसी लिने प्रक्रिया जारी गरेको छ । कम्पनीले वैशाख ९ गतेबाट लागू हुने गरी केवाइसी प्रक्रिया जारी गरेको हो ।

विदेशमा रहेका व्यक्तिहरुको बिमा गर्दा ई एप्लिकेसन डिक्लेरेसन फर्मसहित आवश्यक विवरणहरु अभिकर्ता पोर्टल एजेन्ट पोर्टलमार्फत प्राप्त हने कम्पनीले जनाएको छ । केवाइसीसम्बन्धी व्यवस्थालाई थप प्रभावकारी बनाउन कम्पनीले केवाइसीको अवधारणा ल्याएको हो ।

प्रस्तावित बिमितले सम्पूर्ण आवश्यक विवरणहरु अभिकर्ता पोर्टल एजेन्ट पोर्टलमार्फत पेस गरेपश्चात् ई एप्लिकेसन डिक्लेरेसन फर्ममा आवश्यक विवरणहरु भरी स्क्यान गरी अनलाइनमार्फत रजिष्टर्ड भएको प्रस्तावमा अपलोड गर्नुपर्ने कम्पनीले जानकारी दिएका छौं । प्रस्तावित बिमितले कम्पनीद्वारा निर्धारण गरिएको विषयमा आफ्नो केवाइसीसम्बन्धी भिडियो बनाएर सिटिजन लाइफमा उक्त पठाउनु पर्ने छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal