Skip to content

फिन्टेक–गोवा इन्स्टिच्युट अफ म्यानेजमेन्टकाे सहकार्यमा डिजिटल तालिम सम्पन्न

काठमाडौं । काठमाडौं फिन्टेक र भारतको गोवा इन्स्टिच्युट अफ म्यानेजमेन्टको सहकार्यमा आयोजित पाँच दिने डिजिटल लिडरसीप तालिम गोवामा सम्पन्न भएको छ।

नेपालका बैंकिङ तथा फिन्टेक क्षेत्रलाई डिजिटल रूपान्तरण गर्ने अभियानअन्तर्गत काठमाडौं फिन्टेकको नेतृत्वमा सो तालिम आयोजना गरिएको हो।

यस तालिममा आर्टिफिसियल इन्टेलिजेन्स (एएल), ब्लकचेन, डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर, डेटा एनालिटिक्स र स्मार्ट बैंकिङ जस्ता अत्याधुनिक प्रविधिहरूको बैंकिङ क्षेत्रमा प्रयोग सम्बन्धी ज्ञान तथा सीप प्रदान गरिएको थियो। सहभागीहरूलाई भारतीय फिन्टेक क्षेत्रका अनुभवी विशेषज्ञहरू तथा गोवा इन्स्टिच्युट अफ म्यानेजमेन्टका प्राध्यापकहरूले व्यवहारिक प्रशिक्षण दिएका थिए।

तालिममा मुक्तिनाथ विकास बैंक, महालक्ष्मी विकास बैंक, ग्लोबल आईएमई बैंक, प्रभु बैंक, लक्ष्मी सनराइज बैंक, कृषि विकास बैंक र फोनपे का प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

काठमाडौं फिन्टेकका संस्थापक सञ्जीव सुब्बा का अनुसार, यस्ता क्षेत्रीय तथा विश्वस्तरीय तालिमहरूले नेपाली बैंकिङ र फिन्टेक क्षेत्रलाई नवीनतम ज्ञान तथा सीप हासिल गर्न मद्दत गर्नेछ, जसले गर्दा उनीहरू विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्षम हुनेछन्।

काठमाडौं फिन्टेक डिजिटल बैंकिङ तथा फिन्टेक ज्ञान प्रदान गर्ने अभियानमा सक्रिय रहँदै नेपाललाई क्षेत्रीय तथा विश्व फिन्टेक तथा डिजिटल बैंकिङको नक्सामा स्थापित गर्ने लक्ष्यमा अघि बढिरहेको छ।

सञ्जीव सुब्बाले बैंकिङ, शिक्षा, तालिम, फिन्टेक तथा डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर क्षेत्रमा तीन दशकभन्दा बढी अनुभव हासिल गरेका छन्।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi