काठमाडौं । बुधबार सेयर बजार परिसूचक उच्च अंकले बढेर कारोबार भएको छ । आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक ४० दशमलव ४७ अंकले बढेर २६२३ दशमलव २१ विन्दुमा पुगेको हो ।
आज सेयर बजार परिसूचक अघिल्लो दिनको भन्दा १.५६ प्रतिशतले वृद्धि भएको छ । सेयर बजारमा २३१ कम्पनीको सेयर मूल्य बढेको छ भने १२ कम्पनीको सेयर मूल्य मात्रै आज घटेको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव १५ अंकले बढेर ४४१ दशमलव १२ विन्दुमा पुगेको छ । १३ उपसूचकमध्ये आज सबै उपसूचकको सेयर मूल्य बढेको छ ।
परिसूचक बढे पनि आज कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिन ५ अर्बभन्दा माथिको कारोबार भएको बजारमा आज ४ अर्ब २० करोड ४४ लाख ८ हजार ८९४ रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार सेयर बजारमा ३१७ कम्पनीका ९१ लाख ४२ हजार ९४१ कित्ता सेयर ४८ हजार ७८५ पटक खरिद बिक्री हुँदा उक्त रकमको कारोबार भएको हो ।
प्रतिक्रिया दिनुहोस्