Skip to content
Prabhu

सेयर बजार उच्च अंकले बढेको दिन धेरै मूल्य बढ्ने शीर्ष ५ कम्पनीमा ४ वटा हाइड्रोपावर

काठमाडौं । बुधबार सेयर बजार उच्च अंकले बढेर कारोबार बन्द भयो । सेयर बजारमा २३१ कम्पनीको सेयर मूल्य बढेको दिन धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनीमा चारवटा हाइड्रोपावर कम्पनी रहेका छन् ।

आज धेरै सेयर मूल्य बढ्ने पाँच कम्पनीमा राप्ती हाइड्रो एण्ड जनरल कन्टक्सन लिमिटेड, बुद्धभूमि नेपाल हाइड्रोपावर, आरबीबी म्युचुअल फण्ड १, युनाइटेड इडी मर्दी हाइड्रोपावर र मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेड छन् । आज आरबीबी म्युचुलअ फण्डबाहेक धेरै मूल्य बढ्नेमा सबै हाइड्रोपावर कम्पनी छन् ।

global
अर्घाखाँची सिमेन्ट

आज राप्ती हाइड्रो एण्ड जनरलको सेयर मूल्य २८ रुपैयाँ ७२ पैसाले बढेर ५२९ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ५.७४ प्रतिशतले धेरै हो । त्यस्तै आज बुद्धभूमि नेपाल हाइड्रोको सेयर मूल्य ५.५५ प्रतिशत अर्थात् २६ रुपैयाँ ७६ पैसाले बढेर ५०८ रुपैयाँ ९० पैसा पुगेको छ ।

आज आरबीबी म्युचुअल फण्डको सेयर मूल्य ०.४० रुपैयाँले बढेर ८ रुपैयाँ ९० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ५.३३ प्रतिशतले धेरै हो । युनाइटेड इडी मर्दि हाइड्रकोको सेयर मूल्य पनि आज ५.१७ प्रतिशत अर्थात् ३० रुपैयाँ ३८ पैसाले बढेर ६१८ रुपैयाँ पुगेको छ ।

आज मनकामना इन्जिनियरिङ हाइड्रोपावरको सेयर मूल्य पनि २५ रुपैयाँ ६० पैसाले बढेर ५३२ रुपैयाँ ९० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ५.०५ प्रतिशतले धेरै हो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal