Skip to content

युनाइटेड अजोडको साढे २ लाख ५६ हजार कित्ता सेयर सर्वसाधारणलाई बिक्री खुला

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले २ लाख ५६ हजार ३१० कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ।

उक्त कम्पनीले १ लाख ४९ हजार ११६ कित्ता प्रतिसेयर १८० रुपैयाँमा, त्यस्तै ८२ हजार ५९२ कित्ता प्रतिसेयर १६३.९० रुपैयाँमा र २४ हजार ६०२ कित्ता प्रतिसेयर १६३.५० रुपैयाँमा बिक्रीमा राखेको हो।

उक्त सेयर खरिद गर्न इच्छुक सर्वसाधारणले आगामी १५ दिनभित्र आफूले किन्न चाहेको सेयर विवरण खुलाई सुन्धाराको सिटिसि मलस्थित कम्पनीको प्रधान कार्यालयमा निवेदन पेश गर्नुपर्ने छ।

कम्पनीले संस्थापक सेयरधनीलाई प्राथमिकता दिएर यसअघि नै खरिद प्रस्ताव गरिसकिएको जानकारी दिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima